बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेल

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बल्खुमा क्षेत्रमा बिहीबार दिउँसो भएको कार्यक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ।

त्यस्तै, नेकपा (एमाले) को भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ र अनेरास्ववियुका केही कार्यकर्ता पनि बल्खु क्षेत्रमा पुगेका थिए।

युवा संघ र अनेरास्ववियुका कार्यकर्ता तथा प्रसाईंको कार्यक्रममा आएकाहरूबीच झडप हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको थियो। त्यसबीचमा प्रदर्शनकारीहरू प्रहरीसँग जाइलागेपछि धकेलाधकेल भएको हो ।

दुई समूहबीच झडप हुन नदिन प्रहरीले युवा संघ तथा अनेरास्ववियु कार्यकर्तालाई कुलेश्वरतर्फ पठाएको छ।

ताजा समाचार

Related Articles