काठमाडौँ। मेडिकल व्यावसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने दाबी गरेका छन् । प्रसाईं नेतृत्त्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का क्रममा आज बल्खुमा प्रहरीसँग भएको झडपमा आफ्ना आन्दोलनकारीहरु घाइते भएपछि उनले यस्तो बताएका हुन् ।
‘हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रसाईंले भने ।