बल्खुमा फेरि प्रसाईं समूह र प्रहरीबीच झडप, अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । काठमाडौंको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबीच झडप भएको छ। उक्त झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार र र पानीको फोहोरा प्रहार गरेको छ ।

बल्खुमा प्रदर्शन गरिरहेकाहरु दुर्गा प्रसाईं समूहले प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

उक्त प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।

त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।

त्यस्तै अहिले प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।

यता युवा संघ र अनेरास्ववियुका कार्यकर्ता तथा प्रसाईंको कार्यक्रममा आएकाहरूबीच झडप हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाउदै दुई समूहबीच झडप हुन नदिन प्रहरीले युवा संघ तथा अनेरास्ववियु कार्यकर्तालाई कुलेश्वरतर्फ पठाएको छ।

ताजा समाचार

Related Articles