काठमाडौं । नेपाल सरकारले अवैध सुन तस्करी नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगमा अझै चारजना सदस्य थप गर्ने निर्णय गरेको छ ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको थियो ।