काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा, काज तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार २० जनाको सरुवा गरेको हो ।
जसमा यस अघि जिल्ला परिसर काठमाडौंको प्रमुखमा काजमा खटाइएका भुपेन्द्रबहादुर खत्री, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजमा खटाइएका सोमेन्द्रसिंह राठौर र प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयमा काजमा खटाइएका डा.मनोजकुमार केसीलाई काजमै खटाइएको ठाउँमा सरुवा गरेको छ ।
यस्तै प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षको सचिवालयलमा काजमा खटाइएका दानबहादुर कार्कीको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा सरुवा गरेको छ ।