काठमाडौं। अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्री हेरफेरको सम्भावना नरहेको बताएका छन् ।
आज कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता महतले यस्ताे बताएका हुन् ।
उनले अहिले नै सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको सम्भावना नरहेको बताए । यस्तै उनले गणतन्त्रका पक्षमा ठुलो जनमत रहेको बताएका छन् । कसैले पनि व्यवस्थालाई कमजोर पार्ने गरी प्रयास गर्नु दुष्प्रयास मात्रै हुने बताए ।