काठमाडौं । लमजुङको दोर्दी गाँउपालिकाले एक समलिंगी जोडीको विवाह दर्ता गरेको छ । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो ।
लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएका थिए । साेही अनुसार उनीहरूकाे बिहे दर्ता भएकाे हाे ।
अधिकारीहरूले साे समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी समेत गरेका छन् ।
