काठमाडौं। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले लैङ्गिक समानताका लागि तीनै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । लैङ्गिक समानतासम्बन्धी आज काठमाडौं आयोजित एक कार्यक्रममा मन्त्री आचार्यले यस्ताे बताएका हुन् ।
उनले लैङ्गिक समानता कायम गर्न सरकारी योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताए ।
“राजनीतिकस्तरमा देशमा तीन तहको सरकार छ । सङ्घले मात्र काम गरेन भनेर पुग्दैन लैङ्गिक समानता कायम गर्ने कार्यक्रम राज्यका तीनै तहले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ”, उनले भने ।
कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिले दिगो विकासका १७ वटा लक्ष्यमा आधारित भएर काम गरिरहेको बताए ।