कांग्रेस बागमती प्रदेश सम्मेलन पुस ७ गते

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ गते हुने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको बिहीबार काठमाडौंमा बसेको बैठकले पुस ७ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।

कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बसेको बैठकले प्रदेशको पहिलो सम्मेलन काठमाडौंमा गर्ने गरी तयारीका लागि विभिन्न विषयमा छलफल समेत गरेको छ । सम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरू समेत गठन गरेको बताइएको छ ।

प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व सम्मेलन मूल आयोजक समिति गठन भएको छ ।

ताजा समाचार

Related Articles