नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालतले भोलि आदेश सुनाउने

काठमाडौं । उच्च अदालत पाटनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि करिबकरिब सुनुवाइ सकेको छ ।

आज (बिहीबार) न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रबार आदेश सुनाउने उच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

उक्त ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

उनीहरुले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्द उच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त पुनरावेदन निवेदनमाथि सुनुवाइ सकेको उच्च अदालतले बिहीबार उनीहरु थुनामा नै रहने, धरौटीमा छुट्ने वा साधारण तारेखमा छुट्ने आदेश गर्न सक्नेछ ।

ताजा समाचार

Related Articles