नाैं लाख बराबरकाे कपडा र हार्डवेयरका सामान बरामद

काठमाडौं । भन्सार छलि भारतबाट नेपाल भित्राएको करिब नाैं लाख मूल्य बराबरको कपडा र हार्डवेयरका सामान सशस्त्र प्रहरी बलले बरामद गरेकाे छ । आज महोत्तरीको सोनमा गाउँपालिका -३ रघुनाथपुर सीमाबाट सशस्त्र प्रहरीले साे मूल्य बराबरकाे कपडा र हार्डवेयरका सामान बरामद गरेकाे हाे ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रघुनाथुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक महेश खरेलको कमाण्डमा खटिएको पाँच जनाको फूट पेट्रोल टोलीले आठ लाख मूल्य बराबरको जाडो लत्ता कपडाहरु र ८४ हजार मूल्य बराबरको हार्डवेयरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार चलान गर्ने तयारी गरिएको सशस्त्र प्रहरीले बताएको छ ।

ताजा समाचार

Related Articles