मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको रोशी गाउँपालिका –११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

बीपी राजमार्गमा आज बिहान काठमाडौंबाट सिन्धुलि तर्फ जाँदैगरेको बाप्र। २–०२४ प ४०९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा सोही दिशाबाट आउँदैगरेको बा ४ ख ७५१८ नम्बरको बसको पछाडिको भागको बायाँपट्टिको चक्काले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने काठमाडौं महानगरपालिका – ११ बस्ने ६१ वर्षीया बिन्दा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका –११ बस्ने कामनपा ११ बस्ने ज्ञानराज गिरीको दाहिने हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते गिरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । ठक्कर दिने बस र चालक तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय मङ्गलटारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

ताजा समाचार

Related Articles