भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको आज अनुगमन गरेका छन् । भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्म मन्त्री आफैँले सर्वसाधारण यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गरेका हुन् ।

गत असोज ३ गतेदेखि सुरु भएको उक्त बस सेवामा हाल दैनिक ३६ वटा बस सञ्चालनमा छन् । भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुटमा सञ्चालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा सञ्चालन गरिने मन्त्री ज्वालाले बताए ।

हाल यी बसहरु पिक आवर बिहान र बेलुका सञ्चालनमा छन् ।

ताजा समाचार

Related Articles