जसपाको खोटाङ काठमाडौं सम्पर्क समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको खोटाङ काठमाडौं सम्पर्क समिति गठन भएको छ ।

ललितपुरको बालकुमारीमा आज आयोजित भेलाले प्रीतिराज राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कीर्तिमान मगर, पिके बाङदेल, नविन राई सचिवमा चन्द्रश्याम राई सहसचिव सुरेश राई , हर्कमनी, राई, शम्भु राना राई र कोषाध्यक्षमा पुष्पा राई चयन भएका छन् ।

ताजा समाचार

Related Articles