अनलाइनमार्फत यौन व्‍यवसाय गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं। अनलाइनमार्फत यौन व्‍यवसाय सञ्‍चालन गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको दरवारमार्ग, नयाँ बसपार्क, तिलिङटार, बानेश्वरलगायत ठाउँबाट अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा-३ घर भई हाल ललितपुर बस्‍ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु गाउँपालिका-७ घर भई हाल कागेश्वरी मनोहरा बस्‍ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोशी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कालोपुल बस्‍ने ४४ वर्षीय सेते सार्की, सल्यानको कपुरकोट-५ घर भई हाल काठमाठौंको बालाजु-१६ बस्‍ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगर-१६ बस्‍ने अमृत रोक्का रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles