नयाँ बसपार्क र कलङ्कीबाट यौनधन्दामा लगाइएका तीन नाबालिगको उद्धार

काठमाडौं । जबरजस्ती यौन धन्दामा लगाइएका तीन जना नाबालिगहरूलाई प्रहरीले उद्धार गरेको छ । कलङ्की र नयाँ बसपार्कबाट तीन जना नाबालिगहरूलाई उद्धार गरिएको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।

नाबालिगलाई यौन धन्दामा लगाएको आरोपमा ब्यूरोले गेष्ट हाउस सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ घर भएकी पूजा राना उर्फ सपना तामाङ छिन् । २५ वर्षीया पूजाले नयाँ बसपार्क स्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालन गरेकी छन् ।

मङ्सिर १४ मा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles