काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री प्रचण्ड दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि राष्ट्र संघीय सम्मेलन (कोप-२८) मा भाग लिएर आज साँझ स्वदेश फर्किएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड गत मंसिर १३ गते सो सम्मेलनमा भाग लिन दुबई प्रस्थान गरेका थिए ।