आर्थिक सङ्कट समाधान गर्न सरकार लाग्नुपर्छ : ओली

बागलुङ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक सङ्कट समाधान गर्न वर्तमान सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् ।

आर्थिक सङ्कटका कारण प्रथम चौमासिकमै सरकारले कर्मचारीलाई तलब भुक्तानी गर्न सकिरहेको छैन, उनले भने, ‘‘कर्मचारीलाई तलब भुक्तानी गर्न नसक्ने सरकारले विकास निर्माण कसरी अगाडि बढाउन सक्छ ? ।’’ आर्थिक सङ्कटका कारण देशमा विकास निर्माण ठप्प भएकाले अर्थतन्त्र सुधार्ने योजना ल्याउन उहाँले सुरकारलाई सुझाव दिए ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको आठौँ दिन आज बिहीबार बागलुङ बजारमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘‘अहिलेको सरकार आर्थिक रूपले चरम असफलतामा गयो । अर्थतन्त्र सङ्कटमा परेको छ । कर्मचारीलाई तलब भुक्तानी गर्न राष्ट्र ऋण उठाउनु परेको छ ।”

सरकारले राष्ट्रहितको पक्षमा पनि काम गर्न नसकेको उनले बताए । राष्ट्रिय हितका पक्षमा बोल्न नसक्ने सरकारबाट जनताले धेरै आशा गर्न नसक्ने उनले चर्चा गरे । “एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामहरू अहिले ठप्प छन् । गरिबी बढेको छ । युवा पलायन भएका छन् । बैङ्क र ऋणीहरूका बिच सम्बन्ध तनावपूर्ण छ । यस्तो अवस्थामा सरकारलाई कसरी हामी सफल भयो भन्न सक्छौँ ?’’ उनले जिज्ञासा गरे ।

ताजा समाचार

Related Articles