सेयर बजार दाेहाेराे अङ्कले बढ्याे

काठमाण्डाै। आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेकाे छ । हिजाे बुधवार ३ अङ्कले बढेकाे सेयर बजार परिसूचक नेप्से आज पनि ११ दशमलव ७३ अङ्कले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेकाे छ ।

आज व्यापारबाहेक सबै समूहकाे सेयर बढेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, विकास बैंक र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।

आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीकाे सेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तकाे शेयर झन्डै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज ग्लाेबल आईएमई लघुवित्तकाे शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

आज ९५ लाख कित्ता सेयर २ अर्ब ७९ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीकाे ८६ कराेड ८३ लाख रुपैयाँकाे सेयर किनबेच भयाे ।

ताजा समाचार

Related Articles