मौलापुर मधानी महोत्सवमा नेपाली सिने जगतका चर्चित अभिनेता प्रदीप खड्का र हास्यकलाकार सन्दीप क्षेत्री आउने चर्चा

रानी साह, रौतहट ।

फाल्गुन ०२ गते,शुक्रबार ।

रौतहटको मौलापुरमा यस बर्षको छैटौँ मधानी महोत्सव फागुन ११ गतेदेखि १५ गतेसम्म भव्य रूपमा आयोजना हुन गइरहेको छ। प्रत्येक वर्ष झैं येस बर्ष पनि नेपाल र भारतका ख्यातिप्राप्त कलाकारहरूको , एकै समयमा , एउटै मञ्चमा भव्य प्रस्तुति हुने  भएको छ। विशेष गरी भोजपुरी सुपरस्टारहरूको धमाकेदार प्रस्तुति रहने भएपछि मधानी महोत्सवको माहोल अहिले नै तातिएको छ।

५ दिन चल्ने मधानी महोत्सबमा महासिबरात्रीका दिन १४ गते बिशेष सास्कृतिक समारोह हुनेछ ।उक्त समारोहमा  भारतका चर्चित भोजपुरी सुपरस्टार तथा सांसद रबिकिशन, सुप्रसिद्ध गीतकार एवं पूर्वमन्त्री बिनय बिहारी तथा चर्चित गायक तथा अभिनेता रितेश पाण्डे आउने  निश्चित भैसकेको छ यस्तै, नेपाली कलाकारतर्फबाट चर्चित गायिका अनु चौधरीले आफ्नो प्रस्तुति आउने निश्चित छ ।

तर, यसपटक नेपाली सुपरस्टारहरूको उपस्थिति न्यून हुने हो कि भन्ने चिन्ता बढिरहेको थियो। नेपाली दर्शकहरूले आफ्नै भूमिमा नेपाली कलाकारहरूको उपस्थिति चाहेको भए पनि कार्यक्रमको प्राथमिक सूचीमा चर्चित नेपाली कलाकारहरू नरहेको देखेर केही निराशा थियो। तर, दर्शकहरूको त्यो निराशा मेटिने भएको छ।

हालै मधानी महोत्सवका आयोजकहरूबाट आएको नयाँ सूचनाअनुसार नेपाली सिने जगतका चर्चित अभिनेता प्रदीप खड्का र  चर्चित हास्य कलाकार सन्दीप क्षेत्री पनि महोत्सवमा विशेष पाहुना का रुपमा आउने चर्चा चुलिएको छ ।प्रदीप खड्का नेपाली फिल्म उद्योगका उत्कृष्ट अभिनेतामध्ये एक हुन्, जसका फिल्महरू युवामाझ अत्यन्त लोकप्रिय छन्। उनलाइ चिन्न नेपाली फिल्म प्रेमगित १’२’३ हेरे पुग्छ , यि फिल्म उनका सुपर्हिट फिल्म हुन ।त्यस्तै, हास्यकलाकार सन्दीप क्षेत्री आफ्नो उत्कृष्ट अभिनय कौशल र रोचक प्रस्तुतिका कारण नेपालभर चर्चित ।उनले कान्तीपुर टेलिभिजनमा चलाउने whats the flop कार्यक्रम चर्चित छ 

यी दुई नेपाली सुपरस्टारको उपस्थितिले महोत्सवलाई अझ बढी रोचक र आकर्षक बनाउने अपेक्षा गरिएको छ। भोजपुरी कलाकारहरूको धमाकेदार प्रस्तुति संगै नेपाली कलाकारहरूको जोशिलो उपस्थिति हुँदा महोत्सवलाई साँच्चिकै बहुचर्चित बनाउने छ । पतौरा पुरातात्त्विक महादेब मन्दिरलाइ बिस्व सम्पदा सुचिमा समाबेश गराउने उद्देश्यले आयोजना गरिने मधानी महोत्सवले हरेक वर्ष दर्शकहरूको अपार माया पाउँदै आएको छ। यसपटक नेपाली सुपरस्टारहरू प्रदीप खड्का र सन्दीप क्षेत्रीको उपस्थितिले नेपाली दर्शकहरूको खुसी दोब्बर बनाउने निश्चित छ।

अब सबैको नजर फागुन १४ गतेको विशेष सांस्कृतिक कार्यक्रममा छ ।भोजपुरी सुपरस्टारहरू र नेपाली सुपरस्टार कलाकारहरूको एउटै मञ्चमा एकसाथ प्रस्तुति हेर्नका लागि दर्शकहरू आतुर भइसकेका छन्। मधानी महोत्सवको यो वर्षको संस्करण भव्य हुने संकेत मिलिसकेको छ।

हाल यी दुई नेपाली सुपरस्टारको सहभागिताको चर्चा बजारमा निकै चुलिएको छ। आशा गरिन्छ, यो चर्चा वास्तविकतामा परिणत हुनेछ र नेपाली दर्शकहरूले आफ्नै देशका सुपरस्टारलाई आफ्नै भूमिमा भव्य स्वागत गर्ने अवसर पाउनेछन्। मधानी महोत्सवमा नेपाली र भोजपुरी कलाकारहरूको सम्मिश्रणले कार्यक्रमलाई साँस्कृतिक विविधता दिनेछ भने दर्शकहरूलाई उत्कृष्ट मनोरञ्जन प्रदान गर्नेछ।

ताजा समाचार

Related Articles