प्रदीप दास, रौतहट ।
फाल्गुन २६ गते, सोमबार ।
रौतहटको गौर नगरपालिकामा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ। श्री नारी चेतना महिला कृषक सहकारी संस्था लि. गौर-५ को आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख शम्भु साह प्रमुख अतिथि रहनु भयो भने अध्यक्षता गीता कुशवाहाले गरिन्।
कार्यक्रममा महिलाको हक, अधिकार र सशक्तिकरणबारे विभिन्न वक्ताहरूले धारणा राखेका थिए । महिला अधिकारकर्मीहरूले समाजमा व्याप्त भेदभाव हटाउन र समानता स्थापनाका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
सांस्कृतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा सयौँ महिलाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा महिलाको शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक उत्थान सम्बन्धी मुद्दामा जनचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरियो।

