अखिल क्रान्तिकारीले गरायो मनोनयन दर्ता, सभापतिमा अजय पटेल

रानी साह

रौतहट , फागुन २७ गते /माओबादी केन्द्र को भगिनी संगठन अखिल क्रान्तिकारीले श्री जनज्योती बहुमुखी क्याम्पस चन्द्रपुरमा आज मनोनयन दर्ता गराएको छ ।

आगमी चैत ५ गते हुन गैरहेको स्वबियु निर्बाचनमा भाग लिन मनोनयन दर्ता गराएको हो ।
अखिल क्रान्तीकारीले सभापति पदको उम्मेद्वारमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अजय पटेललाइ चयन गर्दै दश सदस्सिय प्यानल घोषणा गरेको छ ।

सचिबमा शुस्मिता सुष्मिता घलान , कोषाध्यक्ष अनिशा चौधरी , सदस्यहरुमा सुनिल कुमार साह , सुरुती पटेल , राजिव चौधरी , श्याम प्रकाश कुमार पटेल , विक्रम प्रसाद साह कलवार , लाल मोहर सहनी र सर्मिला कुमारी चाैधरी रहेका छन ।
मनोनयन दर्ता कार्यक्रममा माओबादी केन्द्रका नेता, कार्यकर्ता तथा बिधार्थीहरुको भब्य उपस्थिती रहेको थियो ।


उम्मेदवारी दर्ता गर्ने क्रममा सभापति पदका उम्मेदवार अजय पटेलले आफु बिजयी भएमा जनज्योती बहुमुखी क्याम्पस चन्द्रपुरमा शिक्षा नीतिमा बिधार्थीको आबश्यक्ता र माग अनुकुल फेर्बदल गर्न सहयोग पुर्याउने बताएका छन ।


उनले बिधार्थीको हकहित र अधिकारका लागि लागि पर्ने बताउदै सम्पुर्ण बिधार्थी बर्गलाइ आफ्नो प्यानललाइ भारी मत दिएर जिताउन पनि अनुरोध गरेका छन । मनोनयन दर्तापछि आगामी २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

फागुन २९ गते दिनको १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन र कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राती १२ बजेसम्म तोकेको छ, त्यसपछि मौनअवधि शुरू हुनेछ । मौन अवधि शुरू भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेको छ ।

ताजा समाचार

Related Articles