रानी साह
रौतहट , फागुन २८ /आम जनता पार्टी (आजपा)ले आगामी चैत २४ गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । आजपाका अध्यक्ष प्रभु साहले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागिएको जानकारी सामाजि सन्जाल फेसबुकमा एक भिडियो सन्देश मार्फत दिनु भएको हो ।
वहाँका अनुसार खबरदारी सभा अगाडि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन हुनेछ । दलतन्त्रको अन्त्यका लागि तेस्रो जनान्दोलनको तयारी स्वरुप २४ चैतमा खबरदारी सभा गर्न लागिएको वहाँले बताउनु भयो ।
नेताहरुको कर्म ले गणतन्त्र बदनाम भएको, जनताको रगतपसिना चुसेर नेताहरु मोटाएको , नेताका आशेपासे मालामाल भएको , केहि गर्नको लागि बिदेशनै जस्नु पर्ने बाध्यात्मक अबस्था आइलागेको आश बोकेर बिदेश जाने नेपालीको लाश आउनु परेको जस्ता आरोपहरु वहाँले अहिलेका दल बिरुद्द लगाउनु भएको छ ।
अर्थतन्त्र डामाडोल बनाएर मुलुकलाइ ब्यापर घाटामा लगेर सरकारले जनतामा कर आतङ्क मच्चाएको पनि वहाँको आरोप छ । मुलुकको यो डामाडोल अबस्थाको जिम्मेवार अहिलेका राजनितिक दल र नेता भएको कारणले यिनिहरुबाट आश गर्नु धोका हुने वहाँको भनाइ छ । जनतालाइ दिनदिनै बैदेशिक रिणले थिचिरहेको अबस्थामा यो संकटको समाधान गर्न जनतालाइ आम जनता पार्टीको नेतृत्वमा सडक मा वहाँले आग्रह गर्नु भयो ।