आज बाट लामखुट्टे मार्ने औषधि छर्किदै मौलापुर नगरपालिका

रानी साह,
चैत , ४ रौतहट /मौलापुर नगरपालिकाले आज देखि नगरभरी लामखुट्टे मार्ने औषधि छर्किने भएको छ । गर्मी मौशम सुरु भए सङ्गै लामखुट्टेको बिगबिगी हुन थाले पछि नगरपालिकाले आफ्ना जनतालाइ लामखुट्टेको टोकाइ र त्यसबाट लाग्ने डेङ्गु, मलेरिया र हात्तिपाइले जस्ता रोगहरुबाट बचाउन लामखुट्टे मार्ने औषधि छर्किन लागेको हो । आज देखि औषधि छर्किन लागेको सुचना मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले सामाजिक सन्जाल फेसबुक मार्फत दिनु भएको हो । मौलापुर नगरपालिकाले प्रत्येक बर्षको लामखुट्टे लाग्ने समयमा लामखुट्टे मार्ने औषधि छर्किदै आएको छ , एस बर्ष भने नगरपालिककी मेयर रिना कुमारी साहको निर्देशनामा गर्मी महिना सुरु हुने बित्तिकै लामखुट्टे मार्ने औषधी छर्किन लागियेको हो । लामखुट्टे मार्ने औषधि छर्किने काममा सहजीकरण गरिदिन प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले नगरबासीमा अनुरोध गर्नु भएको छ । दक्ष जनशक्तिको प्रयोग गरी फगिङ मेशिन मार्फत आज बाट लामखुट्टे मार्ने औषदी छर्किन लागिएको हो। यो औषधीले मानब स्वस्थ्यमा कुनै असर नगर्ने नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख अच्छेलाल साहले बताउनु भयो

ताजा समाचार

Related Articles