रानी साह
८ चैत, काठमाडौँ / सांसदहरूले सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पक्राउ गरि कार्बाही गर्न माग गरेका छन
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले दलित भएकै कारण घरमा डोजर लगाएर बिस्थापित गर्ने जस्तो कार्यमा संलग्न भएको भन्दै यादवमाथि कारबाहीको माग गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष सहितका दोषीलाई नियन्त्रणमा लिएर कारबाही गरियोस् । पीडितलाई क्षतिपूर्ति दिइयोस्’ सांसद तुलप्रसाद विश्वकर्माले भने ।येस्तै यो घटनालाइ लियेर सामाजिक सन्जालमा चर्को बिरोध भएको छ ।
सांसदहरू गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई लगायतले पनि औरही ५ को घटनाप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । यो घटनाको विषयमा गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका छन् ।
यही घटनाका कारण सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेब द दाहाल गृह मन्त्रालय तानिएका छन ।