जातीय बिभेद बिरुद्व बानेश्वरमा दलित अभियन्ताको प्रदर्शन

रानी साह

८ चैत, जातीय विभेदविरुद्ध शुक्रबार दिउँसो राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन भएको छ ।

दलित अभियन्ताहरूले अन्तर्राष्ट्रिय जातीय विभेदविरुद्धको दिवस पारेर शुक्रबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सिराहमा दलितको घर भत्काएको बिषयमा नाराबाजी भएको थियो ।

उनिहरुले दलितको घर भत्काउने ब्यक्तिलाइ हदै सम्मको कार्बाही गर्न माग गरेका थिये।

दलित माथि हुने बिभेदकारी घटना घट्नुको सट्टा बडिरहेको प्रति उनिहरुको आक्रोश देखिन्थ्यो ।

प्रदर्शनका क्रममा उनीहरूको केहीबेर प्रहरी अधिकारीहरूसँग धकेलाधकेल पनि भएको थियो ।

प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग केहीबेर धकेलाधकेल भएको हो ।

प्रदर्शनमा सहभागीहरू अर्धनग्न थिए । उनीहरू ‘दलितलाई खै’, ‘कि तिमि सुध्रियौं, नत्र हामी बिग्रन्छौं’, ‘राज्यसत्ता’, लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।


ताजा समाचार

Related Articles