रानी साह
चैत ८ , रौतहट/ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचन्डले फोन गरेर बधाई दिनु भएको छ ।
महेन्द्र मोरङ्ग क्याम्पसमा अखिल क्रान्तीकारीको जितको खबर सुन्न ब्यग्र प्रतिक्षा गरिरहनु भएका प्रचन्डले जितको खबर सुन्ने बितिकै फोन गरेर सभापति यादबलाइ बधाइ दिनुभएको हो |
अध्यक्ष प्रचन्डले महेन्द्र मोरङ क्याम्पसमा विजयी भएर इतिहास रचेको भन्दै खुशि ब्यक्त गर्नु भयो । प्रचण्ड हुलाकी राजमार्ग जागरण अभियानका क्रममा गत फागुन १४ गते महेन्द्र मोरङ क्याम्पसमा पुग्नु भएको थियो ।
त्यति बेलै वहाँले स्वबियु चुनाबमा खट्नु भएका अखिल क्रान्तीकारीका बिधार्थीहरुलाइ जित निकाल्ने गरी लाग्न निर्देशन दिनु भएको थियो ।
टेलिफोन संवादमा प्रचण्ड ले इतिहास दोहोरियेको बताउदै मोरङको अध्यक्ष जित्ने भनेको माओबादी पार्टी प्रति सचेत युबाहरुको आकर्षण बडेको र भ्रष्टचार र बेतिथिलाइ बाइकट गरेको रुपमा बुझ्नु पर्ने बताउनु भयो ।
अखिल क्रान्तीकारीको सभापतिमा बिजय हुनु भएका रोहित यादबले भने प्रचन्डको एक फोनले उत्साहित भएको बताउनु भएको छ । वहाँले अध्यक्ष प्रचन्डले फोन गरेर बिधार्थीका बिधमान समस्या हल गर्ने सवालमा पार्टीले मदत गर्ने बचन दिनु भएको बताउनु भएको छ
यादव १ हजार १ सय १८ मतसहित विजयी हुनु भएको थियो । वहाँकाा निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका उम्मेदवार प्रज्वलजंग विष्टले १ हजार ७५ मत प्राप्त गर्नु भएको थियो । महेन्द्र मोरङमा यसअघि २०६५ सालमा अखिल क्रान्तिकारीबाट जयराम सुन्दास विजयी हुनु भएको थियो ।
त्रिभुवन विश्वविद्यालयको तीन आङ्गिक क्याम्पससहित मोरङमा १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा तीन वटै आङ्गिक क्याम्पससहित ५ वटा क्याम्पसको स्ववियु सभापति अखिल क्रान्तिकारीले जितेको छ । नेविसंघले ३ र अनेरास्ववियुले २ वटा क्याम्पसमा स्ववियु सभापति जितेका छन् ।