चैत ११ , रौतहट। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ अदालत जाने भएका छन् ।
चर्चित अनलाइन पत्रीका बाह्रखरी सँगको कुराकानीमा घिसिङले बर्खास्तीको चिठी पाएपछि अदालत जाने बताएका हुन् ।
“मैले पत्र पाएको छैन, पत्र पाएपछि अदालत जान्छु र त्यसपछि सबै कुरा भन्छु,” घिसिङले भने ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाएर प्रधानमन्त्री केपि ओली का नातामा शाला पर्ने हितेन्द्रदेब शाक्यलाइ नियुक्त गरेको छ ।
हितेन्द्रदेब शाक्य तिनै ब्यक्ति हुन जो कार्यकारी निर्देशक हुँदा देशले अठाह्र घन्टाको कहाली लाग्दो लोडसेटिङ भोग्नु परेको थियो नेपाल बिधुत प्रादिकरण घाटमा गएको थियो।