वृन्दावनको बैराठपुरमा नाला निर्माण कार्यको शिलान्यास, नगरप्रमुख कुर्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न

प्रदीप कुमार दास, रौतहट ।

वैशाख ०७ गते, आईतवार ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं. १ स्थित बैराठपुरमा २३९ मिटर लम्बाइ, १ मिटर चौडाइ र १ मिटर उचाइको नाला निर्माण कार्यको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य नगरप्रमुख बिनोद प्रसाद कुर्मीले गर्नु भएको हो ।

उक्त शिलान्यास कार्यक्रममा बैराठपुर क्षेत्रका स्थानिय भद्रभलाद्मी, बुद्धिजीवी, युवाहरू, महिला समूह तथा विभिन्न तह–तप्काका सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नाला निर्माण कार्य प्रारम्भ गरिदिएकोमा स्थानियबासीहरूले नगरप्रमुखप्रति हर्ष व्यक्त गर्दै हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

शिलान्यासका अवसरमा बोल्दै नगरप्रमुख कुर्मीले,” नगर क्षेत्रको पूर्वाधार विकासलाई तीव्रता दिन आफू सदैव प्रतिबद्ध रहेको बताउँदै बैराठपुर लगायत अन्य क्षेत्रहरूमा पनि आवश्यक विकास योजना क्रमशः कार्यान्वयन गरिने जानकारी दिनुभयो । उहाँले जनताको आवश्यकता पहिचान गर्दै बजेट विनियोजन र कार्यान्वयनमा पारदर्शिता कायम गरिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।”

वृन्दावन नगरपालिकाले हालको वर्षको योजनाअन्तर्गत विभिन्न वडाहरूमा सडक, नाला, ढल निकास तथा सरसफाइसम्बन्धी परियोजनाहरू अघि बढाएको छ । बैराठपुरमा सुरू भएको यो नाला निर्माण कार्यले वर्षाको समयमा हुने जलजमाव नियन्त्रणमा सघाउ पुग्ने र स्थानियवासीहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा वडाअध्यक्ष, स्थानिय जनप्रतिनिधिहरू, सामाजिक अभियन्ताहरू, निर्माण उपभोक्ता समितिका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

शिलान्यासपछिको पहिलो चरणमा निर्माण कार्य छिट्टै प्रारम्भ भई गुणस्तरीय र समयमै सम्पन्न गरिने योजना रहेको जानकारी पनि नगर प्रमुख विनोद प्रसाद कुर्मीले जानकारी दिएका हुन् ।

ताजा समाचार

Related Articles