वृन्दावन–६, हर्षाहा चौकमा सभागृह र रिङरोड निर्माणको शिलान्यास

प्रदीप कुमार दास, रौतहट ।
वैशाख २३ गते, सोमबार ।

वृन्दावन — संघीय सहरी तथा वस्ती विकास कार्यक्रम अन्तर्गत वृन्दावन नगरपालिका–६, हर्षाहा चौकमा निर्माण हुन लागेको सभागृह तथा हर्षाहा–विश्रामपुर सडक (रिङरोड) को शिलान्यास कार्यक्रम आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व विकास तथा प्रविधि समितिका सभापति एवं नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य कल्याणी खड्का रहनुभएको थियो। उहाँले स्थानीय स्तरमा भइरहेका विकास निर्माणका कामले समग्र नगरको मुहार फेरिने विश्वास व्यक्त गर्नुभयो।

वृन्दावन नगरपालिकाका नगर प्रमुख कमरेड विनोद प्रसाद कुर्मीका अनुसार निर्माण हुन लागेको सभागृह करिब ८५ लाख ५५ हजार रुपैयाँको लागतमा निर्माण हुने छ, जसको जिम्मा रौशन कन्स्ट्रक्सन, गरुडा नगरपालिका–५, रौतहटलाई दिइएको छ। त्यसैगरी, कालोपत्रे रिङरोड (हर्षाहा–विश्रामपुर सडक) को निर्माण कार्य करिब ८५ लाख रुपैयाँको लागतमा शनि कन्स्ट्रक्सन प्रा. लि., गढीमाई नगरपालिका–५ लाई दिइएको जानकारी नगर प्रमुख कुर्मीले दिनुभयो।

शिलान्यास कार्यक्रममा मधेस प्रदेश सभा सदस्य कमरेड कनिस पटेल, विभिन्न वडाका वडाध्यक्षज्यूहरू, पार्टीका नेता–कार्यकर्ता, स्थानीय जनता तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी स्थानीय जनताले विकास निर्माणका कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकोमा नगर प्रमुख कुर्मीप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए।

स्थानीय स्तरमा भइरहेका यस्ता पूर्वाधार विकासका कामहरूले नगरको सामाजिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने देखिएको छ।

ताजा समाचार

Related Articles