कटहरिया ९ डुमरियामा चार कोठे नयाँ विद्यालय भवनको शिलान्यास, विद्यार्थीलाई पठनपाठनमा सहजता हुने 

प्रदीप सम्राट, रौतहट ।

आषाढ १० गते, मंगलबार।

रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ डुमरियास्थित श्री माध्यमिक विद्यालय डुमरियामा नयाँ चार कोठे दुई तल्ले पक्की भवन निर्माणको शिलान्यास गरिएको छ। विद्यालय प्राङ्गणमै आयोजित एक औपचारिक समारोहका बीच सो भवनको शिलान्यास नगर प्रमुख अजय प्रकाश जयसवाल र नगर उपप्रमुख रीता देवी यादवले संयुक्त रूपमा गर्नुभयो।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवल किसोर ठाकुर, शिक्षा संयोजक सुरेन्द्र ठाकुर, वडा अध्यक्ष समिश विक्रम शाह, समाजसेवी तथा युवा नेता प्रमोद जयसवाल, स्थानीय अभिभावक, विद्यालय कर्मचारी, पत्रकारसहित विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयसवालले विद्यार्थीहरूको सिकाइमा सुधार ल्याउन भौतिक संरचना अत्यावश्यक भएको बताउँदै गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो।

उपप्रमुख यादवले विद्यालय स्तरीय पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राखिएको बताउँदै सबै पक्षको सहकार्यले मात्रै सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो।

ताजा समाचार

Related Articles