बौधिमाई नगरपालिकाद्वारा १६० थान कृषि स्प्रे टंकी वितरण

प्रदीप सम्राट, रौतहट |

आषाढ १७ गते, मंगलबार ।

बौधिमाई नगरपालिका, रौतहटमा आज एक विशेष कार्यक्रमका बीच नगरस्तरीय बजेट अन्तर्गत १६० थान कृषि स्प्रे टंकी किसानहरूलाई वितरण गरिएको छ। कार्यक्रम नगर प्रमुख प्रदीप कुमार यादव र नगर उप–प्रमुख प्रमिला देवीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बौधिमाई वडा नं. १ देखि ९ सम्मका किसानहरूलाई लक्षित गर्दै वितरण गरिएको उक्त स्प्रे टंकीले कृषकहरूलाई आधुनिक कृषि प्रविधिमा पहुँच सहज बनाउने देखिएको छ। कीटनाशक छर्कन र मलजल व्यवस्थापनमा सहुलियत मिलाउने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमका क्रममा नगर प्रमुख यादवले यन्त्र वितरण गर्दै कृषकहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरे। उनले भने, “कृषिमा उत्पादन वृद्धि गर्न आधुनिक प्रविधिको प्रयोग अत्यन्त आवश्यक छ। बौधिमाई नगरपालिका किसानमैत्री नीति अनुरूप काम गरिरहेको छ र यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।”

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरू, पालिकाका कर्मचारी तथा स्थानीय किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिता जनाएका कृषकहरूले नगरपालिका तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरेका थिए।

ताजा समाचार

Related Articles