प्रदीप सम्राट, रौतहट ।
आषाढ १९ गते, बिहीबार ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–२, सितलपुरमा वडाध्यक्ष अनिरुद्ध प्रसाद यादव ( संजय राय यादव ) को सक्रियतामा किसानहरूलाई लक्षित गर्दै विद्युत् पोल र तार जडानको व्यवस्था गरिएको छ ।

सिँचाइ तथा आधुनिक कृषिमा सहजता ल्याउने उद्देश्यले गरिएको यो कदमले स्थानीय किसानहरूमा आशा र उत्साह थपेको छ ।
किसानहरूले वडाध्यक्षप्रति आभार व्यक्त गर्दै, कृषि अनुकूल वातावरण सिर्जना गरेकोमा खुसी व्यक्त गरेका छन् ।

वडाध्यक्ष यादवले आगामी दिनमा किसानमैत्री विकास योजनाहरूलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

