सर्लाही क्षेत्र नं–१ मा सन्तोष कुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार

घनश्याम सिंह ,सर्लाही ।

पौष २९ गते , मंगलबार ।

सर्लाही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं–१ मा आउँदो फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै एक जना ऊर्जाशील, इमान्दार र जनमुखी व्यक्तित्वले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ। युवा नेतृत्व, शैक्षिक चेतना र सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहँदै आउनु भएका सन्तोष कुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नु भएको हो।

शैक्षिक क्षेत्रका अब्बल तथा जिल्लामा चीरपरिचित व्यक्तित्व चौधरी इमान्दारिता, कर्मठता र नवीन सोचका कारण जनतामाझ लोकप्रिय मानिनुहुन्छ। विशेष गरी गरीब, दलित, विपन्न वर्ग, ज्येष्ठ नागरिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायको अधिकार, सुख–शान्ति र समृद्धिका लागि निरन्तर संघर्ष गर्दै आउनु भएका उहाँलाई जनताले “मायालु र भरोसायोग्य नेता”का रूपमा चिन्न थालेका छन्।

देशको बदलिँदो राजनीतिक तथा सामाजिक परिस्थितिलाई गहिरो रूपमा आत्मसात गर्दै युवापुस्ताको पीडा, चाहना र भविष्यलाई केन्द्रमा राखेर अघि बढ्न सक्ने क्षमतावान व्यक्तित्वका रूपमा चौधरीलाई हेरिएको छ। बेरोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र समावेशी विकासका सवालमा स्पष्ट दृष्टिकोण बोकेर मैदानमा उत्रिनु भएका उहाँलाई परिवर्तनको संवाहक तथा एक “नयाँ युगको महानायक”का रूपमा समर्थकहरूले चित्रण गर्न थालेका छन्।

आसन्न निर्वाचनका सन्दर्भमा चौधरीका स्वकीय सचिवले बताएअनुसार, यदि फाल्गुन २१ गते हुने संविधानसभा/प्रतिनिधि सभा निर्वाचनमा उहाँ निर्वाचित हुनुहुन्छ भने सर्लाही क्षेत्र नं–१ का नागरिकको अधिकार सुनिश्चित हुनुका साथै विकासका ढोका फराकिलो रूपमा खुल्ने अपेक्षा गरिएको छ। शिक्षा, पूर्वाधार, रोजगारी, कृषि र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरिएको छ।

जनताको आवाज संसदसम्म पुर्‍याउने, जनमुखी नीति निर्माणमा सक्रिय भूमिका खेल्ने र सर्लाही क्षेत्र नं–१ लाई विकासको नयाँ उचाइमा पुर्‍याउने दृढ संकल्पसहित सन्तोष कुमार चौधरी चुनावी मैदानमा उत्रिनु भएको छ। उहाँको उम्मेदवारीलाई सर्लाहीका सचेत नागरिकहरूले आशा, भरोसा र परिवर्तनको प्रतीकका रूपमा हेर्न थालेका छन्।

ताजा समाचार

Related Articles