जितका लागि यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा आज नेपालले जितका लागि यूएईविरुद्ध १४१ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

ताजा समाचार

Related Articles