धनुषा प्रहरीमा दुर्गा प्रसाईविरुद्ध जाहेरी

काठमाडौं । पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी परेकाे छ । राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषामा अध्यक्ष ३० वर्षीया रोषनकुमार यादवले जाहेरी दिएका हुन् ।

जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको प्रहरीले जनाएको छ ।

कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईं अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो ।

ताजा समाचार

Related Articles