फूली र मुन्द्री नदिएपछि वृद्धाको हत्या, ६ जना पक्राउ

काठमाडौं। कञ्चनपुरमा गत २० कात्तिकमा सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएकी वृद्धाको हत्या भएको छ ।
मृत भेटिएकी शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको खुलेको हो ।

जोशीको हत्यामा संलग्नसहित अन्य पाँच जना मतियारलाई प्रहरीले पक्राउ गरेको छ । वृद्धाको हत्या गरेर उनले कान र नाकमा लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा सोही ठाउँ बस्ने महेश डगौरासहितका ६ जनालाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।

पक्राउ पर्नेमा डगौरालाई लुटिएका गहना बिक्रि गर्न सहयोग गर्ने डगौराका साथी धनगढी उपमहानगरपालिका(१३ बस्ने लक्ष्मण चौधरी, निरज भट्ट तथा बिल नभएरसुन खरिद गर्ने दिया सुनचाँदी पसलका खगेन्द्र बहादुर सोव, बर्दादेवी ज्वैलर्सका ईन्द्र बराल सुनार र सुजल सुनचाँदी पसलका दिपेन्द्र सिजापती छन् ।

मृतक जोशी घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी थिइन् । कान र नाकका सुनका गहना लगाएकी वृद्धाको पछि लागेको डँगौराले घाँस काट्न सहयोग गर्ने भन्दै नजिक भएको पछि गहना मागेको र नदिएपछि घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जोशीको हत्या गरिसकेपछि मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुलि निकालेर धनगढी गएका थिए । धनगढीमा बस्ने साथीहरुको सहयोगमा लुटपाट गरिएको सुन बिक्री गरेर नेपालगञ्ज, मुम्बई हुँदै बैंलोरसम्म गएर ३० कात्तिकमा फेरि धनगढी फर्किएका थिए ।

धनगढी फर्किएपछि साथी लक्ष्मण चौधरीसँग छाडेर गएको लुटेको बुलाकी बिक्री गरेपछि उनकै कोठामा बसेको बयान दिएका छन् । मृतकका छोरा मोहनराज जोशीले मुख्य अभियुक्त महेश डँगौरासहितका नाममा कर्तव्‍य ज्यान तथा लुटपाट शीर्षकमा जाहेरी दर्ता गरेपछि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles